Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सिन्धुपाल्चोक पहिरो अपडेट : मृतकको पहिचान खुल्यो, २४ अझै बेपत्ता


    आइतबार, भाद्र २८ २०७७
    760
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ मा खसेको पहिरोमा परेर बेपत्ता भएका ७ जनाको शव फेला परेको छ।  दुई ठाउँमा गएको पहिरोमा परि ज्यान गुमाएका ७ जनाकै पहिचान खुलेको छ।

    नागपुचे र भीरखर्कको पहिरोमा शव भेटिएकाहरुमा ६२ वर्षिया भक्तीमाया श्रेष्ठ, २३ वर्षिया जुनु विक, २४ वर्षिय सुकलाल बिक, २४ वर्षका सन्देश बिक, ८ वर्षिया सर्किनी नेवार, ६५ वर्षका धनलाल नेवार र ६५ वर्षिय टासी शेर्पा रहेका छन्। 

    पहिरोमा परेर अन्य २४ जना बेपत्ता रहेको सिन्धुपाल्चोक प्रहरी प्रवक्ता डीएसपी प्रकाश सापकोटाले जानकरी दिए। नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी, जनप्रतिनिधि र स्थानीयले उद्धार तथा खोजीकार्य जारी राखेको डिएसपी सापकोटाले बताए। 

    बाह्रबिसे नगरपालिकाका प्रमुख निमफुन्जो शेर्पाका अनुसार पहिरोले ३० वटा घरमा पुर्ण क्षति पुगेको छ। २ सय २२ घर जोखिममा परेका छन्। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार