Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सिन्धुपाल्चोकमा पहिरोले १८ घर पुर्यो, बेपत्ताको खोजी कार्य सुरु


    आइतबार, भाद्र २८ २०७७
    775
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सिन्धुपाल्चोक। आज बिहानको ३ बजेको आसपासमा आएको भीषण पहिरोले बाह्बिसे नगरपालिका ७ घुम्थाङको १८ घर बगाएको छ । १८ घरका सबै बेपत्ता भएका छन् ।
    भीरखर्कका १० र नाग पुच्छेका ८ घर र किम्बे गाउँ पहिरोले बगाएको इलाका प्रहरी कार्यालय बाह्बिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिनु भएको छ ।  ठाडो खहरे खोलाको बाढीसँगै पहिरो गएको स्थानीयवासीले बताएका छन् ।  । घटनास्थलमा प्रहरी जाँदै छ । स्थानीय खोजी कार्यमा जुटेका छन् । पहिरोबाट भएको क्षतिको थप बिवरण आउन बाँकी छ ।

    सिन्धुपाल्चोकमा  गत साउन ३० गते विहान जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा पुरिएर ३७ जनाको मृत्यु भएको थियो । दुईजना अझै बेपत्ता छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार