Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • फेसबुकमा फोटो राखेको विषयमा झडप हुँदा ७ राउण्ड अश्रुग्यास प्रहार


    शनिबार, भाद्र २७ २०७७
    880
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • जनकपुरधाम । फेसबुकमा फोटो राखेको बिषयमा जनकपुरधामका दुई पक्षबीच झडप हुँदा ७ राउण्ड अश्रुग्यास प्रहार भएकाे छ। भडप रोक्न प्रहरीले ७ राउण्ड अश्रु ग्यास प्रहार गरेको हाे । जनकपुरधाम वडा नम्बर २० रुपैठामा शनिबार भएको झडपमा झण्डै एक दर्जन व्यक्तिलाई चोट लागेको छ ।

    दुबै पक्ष एकअर्कासँग लड्न थालेपछि नियन्त्रणमा लिन अश्रु ग्यास प्रहार गर्नु परेको धनुषाका प्रहरी प्रबक्ता मकेन्द्र मिश्रले बताए । उनका अनुसार मोहर्रम पर्व मनाउन बनाइएको दाहाको फोटो फेसबुकमा राखिएको बिषयमा विवाद भएको थियो ।

    अहिले अबस्था सामान्य भएको र विवाद मिलाउन दुबै पक्षबीच छलफल भइरहेको उनले जानकारी दिए । ‘दुबै पक्षलाई जिल्ला प्रहरी कार्यालयमा बोलाएर छलफल गराइरहेका छौं’ उनले भने ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार