Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रुपन्देहीमा थप दुई कोरोना संक्रमितको मृत्यु


    शनिबार, भाद्र २७ २०७७
    870
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • रुपन्देही । रुपन्देहीमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारत रुपन्देही ओमसतिया गाउँपालिका –४ का ४० वर्षीय पुरुष र देवदह नगरपालिका वडा नम्वर ६ का ६० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जानकारी दिएको छ।

    ४० वर्षीय पुरुषको शनिवार बिहान १२ बजेर ३० मिनेटमा लुम्बिनी प्रादेशिक अस्पतालका मृत्यु भएको हो। उच्च ज्वरो आएपछि अस्पताल पुगेका उनको पीसीआर परीक्षण गर्दा १४ गते नै कोभिड १९ पोजेटिभ पुष्टि भएको थियो। संक्रमण पुष्टी भएपछि प्रादेशिक अस्पतालले सञ्चालन गरिरहेको कोरोना विशेष अस्पतालको भेन्टिलेटरमा उपचार भैरहेको थियो।

    त्यस्तै  देवदहका ६० वर्षीय पुरुषको शुक्रवार साँझ ५ बजेर ३७ मिनेटमा मृत्यु भएको अस्पतालले जानकारी दिएको छ। ज्वरो, खोकी र स्वासप्रस्वासमा समस्या आएपछि शुक्रबार नै अस्पताल भर्ना गरिएको थियो। कोभिड-१९ पुष्टिपछि अस्पतालको फिभर क्लिनिकमा राखेर उपचार गरिएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार