Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • कोरोनाका कारण ललितपुरमा थप दुईको मृत्यु


    शनिबार, भाद्र २७ २०७७
    845
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कोरोना संक्रमणको कारण थप दुई जनाको मृत्यु भएको छ।

    भदौ १७ गतेदेखि ललितपुरस्थित पाटन अस्पतालमा उपचार गराइरहेका भक्तपुरका ७२ वर्षीय पुरुषको मृत्यु भएको हो। उनको शुक्रबार राति ९ बजेर ४५ मिनेटमा मृत्यु भएको जनस्वास्थ्य कार्यालय ललितपुरले जानकारी दिएको छ।

    त्यस्तै आज बिहान कोभिड संक्रमण भइ उपचार गराइरहेका काठमाडौंका ५१ वर्षीय पुरुषको पनि मृत्यु भएको छ। भदौ १९ गते अस्पताल भर्ना भएका उनको आज बिहान २ बजे मृत्यु भएको हो।

    आज बिहानैललितपुरको मेघा अस्पतालमा कोरोना भाइरस संक्रमितको मृत्यु भएको थियो। भक्तपुरका ३८ वर्षका उनको आज बिहान ७:४० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ। उनी हिजोमात्रै उपचारका लागि अस्पताल भर्ना भएका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार