Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यस्तो छ फलफूल तथा तरकारीको मूल्य


    बिहिबार, जेष्ठ ३२ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि फलफूल तथा तरकारीको मुल्य तोकेकाे छ।

    जसअनुसार लोकल गाँजरको प्रतिकेजी न्यूनतम मूल्य ११० रूपैयाँ, मटरकोशा प्रतिकेजी मूल्य १६० रूपैयाँ, कुरीलो प्रतिकेजी २५० रूपैयाँ, काउली स्थानिय प्रतिकेजी मूल्य ५० रूपैयाँ, आलु रातो ४० रूपैयाँ, नेपाली गोलभेडा ठूलो ३० रूपैयाँ कायम भइ कारोबार भइरहेको छ।

    त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३०० रुपैयाँ, ब्रोकाउली ६० रूपैयाँ, कागती १६० रुपैयाँ, चमसूरको साग १०० रूपैयाँ, न्यूरो ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ६० रुपैयाँ, लोकल काक्रो ६० रूपैयाँ, गुन्दुक २५० रूपैयाँ, अदुवा प्रतिकेजी २८० रूपैयाँ रहेको समितिले जनाएको छ।

    समितिका अनुसार तरबुजा प्रतिकेजी ४० रूपैयाँ, अनार ३८० रुपैयाँ, किवि ६०० रुपैयाँ, हरियो खुर्सानी अकबरे १८० रुपैयाँ,रहु माछा ३१५ रूपैयाँ, ताजा माछा(मुंगरी) ३२० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ।

    यस्तै, मालदह आँप ७० रूपैयाँ, भारतीय लीच्ची २५० रूपैयाँ, लोकल लीच्ची १२० रूपैयाँ, खुर्सानी सुकेको ४५० रूपैयाँ, लसुन १८० रूपैयाँ, चाइनिज लसुन २२० रूपैयाँमा कारोबार भइरहेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार