Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कीर्तिपूरमा घरधनीले गरे कोठा भाडामा बस्नेको हत्या


    शुक्रबार, भाद्र २६ २०७७
    775
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सामान्य विवादमा आग्लोले हिर्काएर एक जनाको हत्या भएको छ । बारा कलैया उपमहानगरपालिका–५ घर भई हाल काठमाडौं भाजङगल बस्ने ४८ वर्षीय शम्भु चौधरीको हत्या भएको हो ।

    कीर्तिपुर नगरपालिका–७ भाजङगलका ६६ वर्षीय कृष्ण महर्जनले सामान्य विवादमा चौधरीलाई आग्लोले हिर्काएर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

    आग्लोले लागेर गम्भीर घाइते चौधरीको उपचारको क्रममा कीर्तिपुर मोडल अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए । 

    हत्या आरोपमा महर्जनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । महर्जनमाथि थप अनुसन्धान भइरहेको एसपी राठौरले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार