काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप पाँच जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ३ सय २२ पुगेको छ।
मृत्यु हुनेमा काठमाडौंका ७० वर्षीय, महोत्तरीका ६५ वर्षीय, धनुषाका ४५ वर्षीय, नवलपरासीका ५५ वर्षीय पुरूष र मोरङकी ४० वर्षीया महिला छन्।
त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ४ सय ५४ जना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ५१ हजार ९ सय १९ पुगेको छ।