Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • दुई अध्यक्षले उपेक्षा गरेका माधव नेपाल यसरी कड्किए


    शुक्रबार, भाद्र २६ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले स्थायी समिति बैठकमा कडा रुपमा प्रस्तुत भएका छन् । पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले आफ्नो प्रस्ताव उपेक्षा गरेकाले पनि यसरी कडा रुपमा आएको बुझिएको छ । 

    नेता नेपालले कार्यदलको प्रतिवेदनमा अहसमति राखेका थिए । ती बुँदालाई पूर्णरुपमा उपेक्षा गरिएको भन्दै उनले आजको बैठकमा असन्तुष्टि व्यक्त गरेका हुन्।

    पार्टीभित्र प्रणाली तथा प्रवृत्तिको सुदृढीकरणका लागि आफूले राखेको मतको वेवास्ता भएको उनको भनाइ थियो। ‘दुई अध्यक्षले सहमति गर्दैमा पार्टीका समस्या हल हुँदैनन् समस्या सम्बोधनका लागि औँल्याएका बुँदाको वेवास्ता भएको छ,’ बैठकमा उनले भनेको कुरा उद्धृत गर्दै एक स्थायी समिति सदस्यले जानकारी दिए।

    नेता नेपालसहित १० जनाले अहिलेसम्म आफ्नो धारणा राखिसकेका छन् । 

    नेता नेपालले एक व्यक्ति एक पदको विषयमा कार्यदल मौन रहेको,बहुमतको निर्णयको पालनाकोबारे केही उल्लेख नगरेको, दुई अध्यक्षको जिम्मेवारीमा मूलत भन्ने शब्दावली ठीक नरहेको विषयलाई जोडदार रुपमा बैठकमा राखेको ती स्थायी समिति सदस्यले बताए । यस्तै पार्टीका समितिको भूमिका खुम्च्याउन खोजेको, गुटबन्दीको कारकलाई पहिचान गर्न नसकेको जस्ता विषयलाई बैठकमा उठाएका हुन् ।

    आजको बैठकमा अध्यक्षद्वय ओली र प्रचण्डको साझा प्रस्तावमाथि छलफल भैरहेको छ। असार १० गतेदेखि सुरु भएको बैठक शुक्रबार नै टुंग्याउने तयारी रहेको छ।

    पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली भने यसअघि नै आफ्नो धारणा राखेर बैठकबाट बाहिरिएका थिए । उनले बैठक सञ्‍चालनको जिम्मा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएका छन् । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार