Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नक्कली शरणार्थी मुद्दा : टेकनारायण पाण्डेको तर्फबाट रमण श्रेष्ठको बहस सुरु


    सोमबार, जेष्ठ २९ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दाअन्तर्गत काठमाडौं जिल्ला अदालतमा अहिले अभियुक्त टेकनारायण पाण्डेका तर्फबाट बहस सुरुभएको छ।

    उक्त शरणार्थी प्रकरणमा मुछिएका पूर्व गृहसचिव टेकनारायण पाण्डेको पक्षमा आज पनि बहस जारी रहेको र पाण्डेको तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बहस सुरु गरेका हुन् ।

    जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा हिजो आइतबार पनि दिनभर पाण्डेको तर्फबाट बहस भएको थियो । उनको तर्फबाट अधिवक्ताहरू राम घिमिरे, शरद कोइराला, डा.गणेश रेग्मी र जगतप्रकाश जोशीले बहस गरेका थिए । आजै पूर्वगृहमन्त्री बालकृष्ण खाणको पनि आजै थुनथेक हुने छ ।

    हालसम्म अदालतमा सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी, टंककुमार गुरुङ, टोपबहादुर रायमाझी, सागर राई, सन्देश शर्मा, डा इन्द्रजित राई पक्षका वकिलले बहस गरिसकेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार