काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधान तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई जिल्ला अदालत काठमाडौंले ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना सजाय सुनाएको छ ।
तत्कालीन गृहमन्त्रालयका सचिव टेकनारायण पाण्डेलाई ४ बर्ष नै जेल संजाय तोकिएको छ । जिल्ला अदालत काठमाडौंले मंगलबार सजाय निर्धारण गर्दै रायमाझी र पाण्डेलाई विभिन्न कसुरमा छुट्टाछुट्टै कैद र जरिवाना तोकेको हो ।
अदालतले ठगी कसुरमा २ बर्ष कैद र २० हजार रुपैयाँ जरिवाना, संगठित अपराधमा ३ बर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना तथा राज्यविरुद्धको कसुरमा १ वर्ष ६ महिना कैद र १५ हजार रुपैयाँ जरिवाना निर्धारण गरेको छ । सोही कसुरमा थप ६ महिनाको कैद पनि तोकिएको छ ।
यद्यपि, एकीकृत सजायको सिद्धान्तअनुसार अदालतले रायमाझीलाई ४ बर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको हो ।
यस्तै पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई जिल्ला अदालत काठमाडौंले दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना सजाय सुनाएको छ ।
न्यायाधीश तेजबहादुर खड्काको इजलासले यसअघि असार २४ गते रायमाझी र खाँणसहित १६ जनालाई दोषी ठहर गरेको थियो । मंगलबार उनीहरूमाथिको सजाय निर्धारण गरिएको हो ।
त्यसैगरी, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सल्लाहकार इन्द्रजीत राईलाई पनि ४ बर्ष नै कैद संजाय तोकिएको छ । उनी ७५ बर्ष नाघिसकेको र ३ बर्ष कैद भुक्तान गरिसकेकाले बाँकी कैद अवधिमा ७५ प्रतिशत छुट हुँदा जम्मा २ महिना १३ दिनमा मुक्त हुनेछन् । तोकिएको ४० हजार जरिवाना भने उनले बुझाउनुपर्नेछ ।
भूटानी शरणार्थीका नेता टेकनाथ रिजाललाई २ बर्ष कैद र २० हजार जरिवाना तोकिएको छ । नक्कली भूटानी शरणार्थी बनाउने योजनाकार केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई र सन्देश शर्मालाई ४ बर्ष कैद र ४० हजार जरिवाना तोकिएको छ ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend