Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • नक्कली भूटानी शरणार्थी प्रकरणमा सजाय निर्धारण, रायमाझी र पाण्डेलाई ४ बर्ष जेल


    मंगलबार, असार ३० २०८३
    750
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधान तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई जिल्ला अदालत काठमाडौंले ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना सजाय सुनाएको छ ।

    तत्कालीन गृहमन्त्रालयका सचिव टेकनारायण पाण्डेलाई ४ बर्ष नै जेल संजाय तोकिएको छ । जिल्ला अदालत काठमाडौंले मंगलबार सजाय निर्धारण गर्दै रायमाझी र पाण्डेलाई विभिन्न कसुरमा छुट्टाछुट्टै कैद र जरिवाना तोकेको हो ।

    अदालतले ठगी कसुरमा २ बर्ष कैद र २० हजार रुपैयाँ जरिवाना, संगठित अपराधमा ३ बर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना तथा राज्यविरुद्धको कसुरमा १ वर्ष ६ महिना कैद र १५ हजार रुपैयाँ जरिवाना निर्धारण गरेको छ । सोही कसुरमा थप ६ महिनाको कैद पनि तोकिएको छ ।

    यद्यपि, एकीकृत सजायको सिद्धान्तअनुसार अदालतले रायमाझीलाई ४ बर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको हो ।

    यस्तै पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई जिल्ला अदालत काठमाडौंले दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना सजाय सुनाएको छ ।

    न्यायाधीश तेजबहादुर खड्काको इजलासले यसअघि असार २४ गते रायमाझी र खाँणसहित १६ जनालाई दोषी ठहर गरेको थियो । मंगलबार उनीहरूमाथिको सजाय निर्धारण गरिएको हो ।

    त्यसैगरी, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सल्लाहकार इन्द्रजीत राईलाई पनि ४ बर्ष  नै कैद संजाय तोकिएको छ ।  उनी ७५ बर्ष नाघिसकेको र ३ बर्ष कैद भुक्तान गरिसकेकाले बाँकी कैद अवधिमा ७५ प्रतिशत छुट हुँदा जम्मा २ महिना १३ दिनमा मुक्त हुनेछन् । तोकिएको ४० हजार जरिवाना भने उनले बुझाउनुपर्नेछ ।

    भूटानी शरणार्थीका नेता टेकनाथ रिजाललाई २ बर्ष कैद र २० हजार जरिवाना तोकिएको छ । नक्कली भूटानी शरणार्थी बनाउने योजनाकार केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई र सन्देश शर्मालाई ४ बर्ष कैद र ४० हजार जरिवाना तोकिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार