काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा सरकारी वकिलले अभियुक्त बनाएका सांसद तथा नेकपा (एमाले)का निलम्बित सचिव टोपबहादुर रायमाझीलाई पुर्पक्ष गर्नुपर्ने कुनै आधार नभएको उनका पक्षका वकिलहरुले दाबी गरेका छन् ।
शुक्रबार जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा रायमाझीको पक्षाबाट बहस गर्दै पूर्वमहान्यायाधिवक्ता रमेश बडालले नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका भुटानी मानवअधिकारवादी नेता टेकनाथ रिजालको बयानको आधारमा रायमाझीलाई कसुरदार बनाउन निमिल्ने तर्क गरे । यदि रिजालको बयानलाई आधार मानेर रायमाझीलाई दोषी बनाउने हो भने प्रमुख दोषी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ हुने उनको जिकिर छ । बडालले भने, ‘यदि त्यही आधारमा मेरो पक्षलाई दोषी बनाउने हो भने प्रमुख दोषी वर्तमान प्रधानमन्त्री प्रचण्ड देखिनुहुन्छ ।’
बडालले प्रधानमन्त्री प्रचण्डको प्रसङ्ग निकालेपछि न्यायाधीश प्रेमप्रसाद न्यौपानेले हाँस्दै भने, ‘त्यतातिर नजाऔं ।’
न्यायधीस न्यौपानेको ‘त्यतातिर नजाऔं’ भनेपछि बडालले तर्क गरे, ‘श्रीमान्, त्यतातिर जान नमिल्ने भएपछि त मेरो पक्षलाई दोषी बनाउन नै मिल्दैन नी ।’
रिजालले सरकारी वकिललाई दिएको बयानमा पूर्वमन्त्री टोपबहादुर रायमाझीले नक्कली शरणार्थी बनाउने गिरोहसहित आफूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग उनको निवासमै लगेर भेट गराएको बताएका छन् । सो भेटघाटमा प्रचण्डले टोपबहादुरमार्फत सबै काम हुने बताएको र त्यसपछि काम पनि खुरुखुरु भएको तथा आफ्नो रोकिएको सुविधा पनि सुचारु भएको उनको बयान थियो ।
रिजालले इजलासमा भनेका थिए, ‘टोपबहादुर रायमाझीको घरमा शरणार्थीको विषयमा कुराकानी हुँदा कुरा क्लिएर नभएपछि प्रचण्डसँग भेट गराइदिन भनी प्रचण्ड निवासमा लगेका थिए । प्रचण्ड निवासमा म, टोपबहादुर रायमाझी, सानु भण्डारी र केशरप्रसाद दुलाल गएका थियौँ । मैले प्रचण्डसँग भुटानी शरणार्थीको व्यवस्थापन सम्बन्धमा कुराकानी गर्न आएको भनी कुरा गर्दा प्रचण्डले म आज एकदमै व्यस्त छु, टोपबहादुर रायमाझीसँग सबै कुरा गर्नुहोला, सम्बोधन हुनसक्ने भए निजले समाधान गर्नुहुन्छ भनी भन्नुभयो ।’
बडालले टेकनाथले पोलेकै भरमा टोपबहादुरलाई दोषी ठह¥याउने हो भने प्रमुख दोषी प्रचण्ड हुने जिकिर गरेका थिए ।
बडालले तर रिजालको बयानलाई आधार बनाउन नमिल्ने बताए । बडाल रिजालद्वारा लिखित दुईवटा पुस्तक पनि बोकेर आएका थिए । ती पुस्तकमा रिजालले भुटानको जेलमा चरम यातनाका कारण आफ्नो मानसिक अवस्था ठीक नरहेको र आफ्नो दिमागलाई अरुले नै नियन्त्रण गरेको उल्लेख गरेका छन् ।
त्यही कारण रिजालले बयानलाई तथ्य मान्न नहुने बडालको जिकिर थियो । यदि त्यही बयानलाई तथ्य मान्ने हो भने प्रमुख दोषी प्रचण्ड हुने उनको दाबी छ । बडालले प्रहरीको प्रतिवेदनमा राजनीतिक गन्ध आएको समेत दाबी गरे ।
उनले यो प्रकरणको अनुसन्धान गर्ने प्रहरीको पनि दिमाग कन्ट्रोल गरिएको दाबी गरे । ‘प्रहरी आफैंले तयार गरेर डायरी दिएको हो । केशव दुलालको बयान शंकास्पद छ’, उनले भने, ‘एउटा पोलिटिकल आइडोलोजी भएकाहरुलाई (एमालेका) मात्रै पोलिएको छ । त्यहाँबाट पनि यो बदनियतपूर्ण हो भन्ने थाहा हुन्छ ।’
प्रहरीले केशव दुलालसँग लिएको थप बयानमा ‘थप केही भन्नुछ ?’ भन्ने प्रश्न थपेर एमाले नेतासँग जोडिएका नेताहरुलाई बदनियतपूर्ण तरिकाले पोलेको उनको जिकिर छ ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend