Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सम्पत्ति शुद्धीकरण विभागले बालकृष्ण खाणसँग माग्यो १५ लाख धरौटी


    शुक्रबार, मंसिर २९ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दाका अभियुक्त कांग्रेस नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाणसँग सम्पत्ति शुद्धीकरण विभागले १५ लाख रुपैयाँ धरौटी मागेको छ ।

    आज काठमाडौँ जिल्ला अदालतमा ३० लाख धरौटी बुझाएर विभाग लगिएका खाणसँग विभागले १५ लाख मागेपछि विभागमा सो रकम बुझाएका छन् ।

    विभागमा खाणले धरौटी बुझाएलगत्तै उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगिएको छ ।

    नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी खाणलाई बिहीबार उच्च अदालत पाटनले ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

    पूर्व गृहमन्त्री खाणमाथि सम्पत्ति शुद्धीकरण विभाग र अख्तियारले पनि अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार