काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने प्रकरणको अनुसन्धानले नेपाल प्रहरीभित्रको आन्तरिक टक्कर सतहमा आएको छ । एकै ब्याचका आइजिपी र एआइजिपीबीच यस्तो टक्कर सतहमा आएको हो । खासगरी आइजिपी वसन्त कुँवर र सचिव टेकनारायण पाण्डेबीचको संवादको स्क्रिन सट सार्वजनिक भएपछि प्रहरीभित्रको टक्कर सतहमा आएको हो ।
एकै ब्याचका तर अहिले आइजिपी भएका कुँवर र एआइजिपी श्याम ज्ञवालीबीचको टक्कर सतहमा आएको हो । एआइजी ज्ञवालीमा तहतमा अनुसन्धान भइरहेको भुटानी शरणार्थी प्रकरणमा एक वर्षअघि एसएसपी रहेका हालका आइजिपी कुँवर र सचिव पाण्डेबीच भएको संवाद सार्वजनिक गर्ने भूमिकामा ज्ञवाली रहेको भन्दै कुँवरले असन्तुष्टि व्यक्त गरेका छन् ।
२०७९ असार ८ गते डिआइजीमा बढुवाबाट सुरु भएको कुँवर र ज्ञवालीबीच शक्तिकेन्द्रनजिकमा को पुग्ने र को महानिरीक्षक बन्ने भन्ने विवाद अहिले उत्कर्षमा पुगेको र एसएमएस संवाद सार्वजनिक भएको हो । त्यतिबेला पछाडिबाट १२ औं नम्बरमा रहेका कुँवर एक नम्बरमा बढुवा भएपछि ज्ञवाली भने ५ नम्बरमा डिआइजी भएका थिए । आफ्नो एक नम्बर बरियता कायम राख्दै कुँवर आइजिपी भएका थिए ।
त्यसअघि मन्त्रिस्तरीय निर्णयबाट २०७८ पुस २२ गते कुँवर उपत्यका अपराध अनुसन्धान कार्यालयमा गएका थिए। उनी त्यहाँ २०७९ असार १७ गतेसम्म कार्यरत रहे । त्यसक्रममा नक्कली भुटानी शरणार्थी पीडितहरूको उजुरीका आधारमा २०७९ जेठ २८ गते केशव दुलाल र टंक गुरुङ पक्राउ परेका थिए । तर उनीहरूलाई सामान्य सोधपुछ गरेर रेकर्ड नै नराखी सचिव पाण्डेको दबावमा छाडिएको थियो ।
सो रेकर्डमै नराखी छाडिएको घटना अहिले बाहिर ल्याइएपछि यसको दोष ज्ञवालीमाथि गएको छ । आइजिपीका प्रतिस्पर्धी भएका कारण ज्ञवालीले कुँवरबारे यस्ता विषयहरू बाहिर ल्याएको हुन सक्ने आशंका आइजिपी स्वयंले गरेको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । यो समाचार नागरिक दैनिकमा छ ।
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौं । पर्सामा ठूलो परिणामको गाँजा बरामद भएको छ । छिपरमाई गाउँपालिका-१ मिर्जापुरस्थित आँप बगैंचाबाट शनिबार राति १४० किलो गाँजा सशस्त्र र प्रहरीको संयुक्त...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौं । काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत (छैटौं) उद्धव भट्टराई घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भट्टराईलाई २१ हजार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend