Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मध्यपहाडी लोकमार्गमा सत्र सय किमी फाइबर विस्तार


    सोमबार, जेष्ठ २९ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । पाँचथरदेखि दार्चुलासम्म फैलिएको मध्यपहाडी लोकमार्गको विभिन्न खण्डमा गरी हालसम्म एक हजार सात सय किलोमिटर अप्टिकल फाइबर बिछ्याइएको छ । देशैभर उच्च गतिको इन्टरनेट उपलब्ध गराउन आवश्यक पूर्वाधार निर्माण गर्ने उद्देश्यसहित सञ्चालन गरिएको मध्यपहाडी लोकमार्ग तथा जिल्ला सदरमुकाम जोड्ने सूचना महामार्ग निर्माण परियोजना अन्तर्गत अप्टिकल फा   इबर बिछ्याइएको हो ।

    नेपाल दूरसञ्चार प्राधिकरण मातहतमा रहेको ग्रामीण दूरसञ्चार विकास कोषबाट सञ्चालित उक्त परियोजनाको प्याकेज एक अन्तर्गत एक हजार ३६७ र प्याकेज तीन अन्तर्गत ३३ किलोमिटर फाइबर बिछ्याइएको प्राधिकरणले जनाएको छ । प्याकेज दुई अन्तर्गत भने अहिलेसम्म काम सुरु भएको छैन ।

    प्राधिकरणले प्याकेज एक अन्तर्गत कोशी, मधेस र बागमती प्रदेशलाई समावेश गरी दुई हजार ८३ किलोमिटर अप्टिकल फाइबर बिछ्याउन नेपाल टेलिकमलाई जिम्मा दिएको थियो । २०७३ असोजको दोस्रो साता प्राधिकरणले टेलिकमसँग प्याकेज एकको सम्झौता गरेको थियो । दुई वर्षभित्र सम्पन्न गर्नुपर्ने गरी सम्झौता भए पनि २०७६ वैशाखदेखि फाइबर बिछ्याउन सुरु गरिएको थियो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार