Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • म्याग्दीको कालिज फार्ममा चितुवा पस्यो


    शुक्रबार, भाद्र २६ २०७७
    840
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • म्याग्दी । बेनी नगरपालिका, ४ सिङ्गा स्थित कालिज फार्ममा चितुवा पसेको छ । हरियाली ग्रुप प्रालिद्वारा सञ्चालित कालिज फार्ममा फलामे बार र नाइलन जालीबाटै चितुवा भित्र पसेको हो ।

    चितुवा फार्मभित्रै बसिरहेकाले कति कालिज माऱ्यो भन्ने यकिन नभएको फार्म सञ्चालकले बताएका छन् । साथै चितुवा भित्रै रहेकाले वरपरका स्थानीय पनि त्रसित बनेका छन् ।

    शुक्रबार बिहान फार्मका कर्मचारी चारो हाल्न भित्र जाँदा चितुवा देखेपछि भागेका थिए । दुई वटा कालिज फार्ममध्ये चल्ला भएको भागमा चितुवा पसेको हरियाली ग्रुपले जनाएको छ ।

    भित्र रहेको चितुवा बाहिर निक्लन पटक–पटक तारमा ठोक्किने र चिथोर्ने प्रयास गर्दा घाइते नै भएको छ । तर बाहिर निक्लन सकेको छैन ।

    ‘कालिज फार्ममा पसेको चितुवालाई खोरमा थु्न्न सक्ने अवस्था छैन । बेहोस बनाउने डार्क गन जिल्लामा छैन, मान्छेलाई आक्रमण नगरी गोली हान्न पनि मिलेन । उपायको खोजीमै छौं,’ जिल्ला प्रहरी प्रमुख किरण कुँवरले भने, ‘चितवन नेसनल पार्कबाट डार्क गनसहित प्राविधिक ल्याई बेहोस बनाई बाहिर ल्याउन पनि कोरोनाले गर्दा अप्ठेरो भएको छ । दिनभर पर्खेर राति फार्ममा प्रवेश गर्ने मूल गेट खुल्ला राख्ने र सुरक्षित बाहिर निक्लने वातावरण बनाउने योजनामा छलफल चल्दैछ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार