Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • कोरोनबारे झुट्टा अफवाह फैलाउने दुईजना पक्राउ


    शुक्रबार, भाद्र २६ २०७७
    945
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • कास्की । सामाजिक सञ्‍जालमार्फत कोभिड-१९ को पीसीआर रिपोर्ट सम्बन्धी झुट्टा अफवाह फैलाएको आरोपमा दुईजना पक्राउ परेका छन् ।  

    पक्राउ पर्नेहरुमा पर्वत मोदी गाउँपालिका ७ घर भइ हाल कास्की पोखरा महानगरपालिका ५ बस्‍ने २९ वर्षीय ईश्वर रिमाल र चितवन भरतपुर महानगरपालिका ४ घर भइ कास्की पोखरा महानगरपालिका ९ नयाँ बजार बस्‍ने २२ वर्षीय निरज लम्साल रहेका छन् । रिमाललाई बुधबार तथा लम्साललाई बिहीबार आ-आफ्नै घर ठेगानाबाट प्रहरीले पक्राउ गरेको हो ।

    देश जनस्वास्थ्य प्रयोगशाला गण्डकी प्रदेश पोखराबाट कोभिड १९ पीसीआर परीक्षण गरेको रिमालको रिपोर्टलाई उनीहरू दुई जना मिलेर उल्टोपाल्टो गरी सामाजिक सञ्‍जालमा पोष्ट गरी झुट्टा अफवाह फैलाएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । 

    उनीहरु विरुद्ध झुट्टा अफवाह फैलाउन नहुने सम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार