काठमाडौं, १५ चैत । प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी वृत्त सिंहदरबारमा नयाँ डिएसपी पठाएको छ ।
केन्द्रिय अनुसन्धान व्युरो(सिआईबी) मा रहेका डिएसपी हरि वस्नेतलाई प्रधान कार्यालयले सिंहदरबार वृत्तमा हिजो काज सरुवा गरेको स्रोतले वतायो ।
सिंहदरबारका प्रमुख डिएसपी कौशल बुढाथोकी स्टाफ कलेज तालिममा एक बर्षका लागि छनौट भएपछि वस्नेतलाई सरुवा गरिएको हो ।