काठमाडौं । बिहीबार मात्रै नेपालमा १ हजार ८ सय १८ जना कोरोना संक्रमणमुक्त भइ डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ३५ हजार ७ सय पुगेको छ।
यो कुल संक्रमितको ७१ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।
बिहीबार नेपालमा १ हजार २ सय ४६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै कुल संक्रमितको संख्या ५० हजार ४६५ जना पुगेको छ।