Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काम गर्ने मन्त्रीलाई लखेटेर राजनीतिको रोटी नसेकौंः रिजाल


    शनिबार, चैत्र १५ २०७६
    675
    Shares
  • ३ मिनेट पाठ
  • काठमाडौं, १५ चैत । देश यतिबेला कोरोना भाइरसको महामारीसँग जुधिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालदेखि सचिव, सहसचिव, हरेक अस्पतालका चिकित्सक नर्स लगायतका कर्मचारीहरु रातदिन काम गरिरहेका छन् । यसैक्रममा चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई कोरोनाका बिरामी जाँच गर्न अत्यावश्यक पर्सनल प्रोटेक्ट इक्युपमेन्ट(पीपीई), ग्लोब जस्ता अत्यावश्यक सामग्री अभाव भएकोबारेमा धेरै नै कुरा आए ।

    मन्त्री ढकालले बिहीबार भान्सामा पनि पीपीई माग्न थाले भन्ने भाषण गरेको भनेर उनको तीव्र आलोचना भइरहेको छ । स्वास्थ्यकर्मीलाई विना पीपीई कोरोना जाँच्न पठाउनु भनेको कालको मुखमा धकेल्नु जस्तै हो । यो बेला पहिलो त उनीहरु सुरक्षित हुनुपर्ने कुरा जायज हो । यो बेला स्वास्थ्यकर्मीको सेवा सुविधा दोब्बर पारिनुपर्ने र जीवन बीमा पनि कम्तीमा १ करोड रुपैयाँकै गर्नुपर्ने आवाज उठिरहेको छ । तर मन्त्री ढकालले रातदिन काम गर्दागर्दै पनि र पीपीई खरिदका लागि फाष्टट्रयाकमा अगाडि बढेको बेलामा उनलाई लखेट्ने काम भइरहेको छ ।

    यसरी काम गर्दागर्दै पनि मन्त्री ढकालको आलोचना गर्नेहरुलाई नेकपाका केन्द्रीय सदस्य बिष्णु रिजालले स्वार्थको रोटी सेकाउको संज्ञा दिएका छन् । उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन्–‘सबैलाई थाहा छ, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल स्वास्थ्यका विज्ञ होइनन् ।  सबै कुरा थाहा नहुनु अन्यथा होइन । रातदिन खट्नुभएको छ, राज्यका सीमा, स्रोत र साधनले भ्याएसम्म नागरिकलाई बचाउन हरसम्भव कोसिस गरिरहनुभएको छ । मन्त्रीले चाहनेवित्तिकै रातारात पीपीई बन्छ, अस्पताल तयार हुन्छन् र सबै मानिसको परीक्षण हुन्छ जस्तो गरी भ्रम सिर्जना गर्नुका पछाडि अहिले पनि स्वास्थ्य क्षेत्र (स्वास्थ्य मन्त्रालयमा समेत) पकड जमाइरहेको गिरोहको हात छ ।

    पक्कै पनि कोरोना जस्तो महामारीका विरूद्ध लड्नका लागि हामीले धेरै कोसिस गर्नुछ । तर, काम गरिरहेका मन्त्रीलाई लखेटेर संकटमा राजनीतिक स्वार्थको रोटी सेकाउन खोज्नेबाट सावधान हुन जरुरी छ ।’
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार