Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • प्राकृतिक प्रकोपका पाँच महिना – ३४६ जनाको मृत्यु, ८५ जना बेपत्ता


    बिहिबार, भाद्र २५ २०७७
    775
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो पाँच महिनाको अवधिमा नेपालमा प्राकृतिक प्रकोपको विशेष प्रभाव रह्यो । यो अवधिमा देशभरमा कुल ३ सय ४६ जनाले ज्यान गुमाए भने ८५ जना बेपत्ता भएका छन् ।  

    यसरी मृत्यु हुनेमा २ सय ५० जना पहिरो, ३९ जना बाढी र ५७ जना चट्याङका कारण मृत्यु भएको हो । यो अवधिमा प्राकृतिक प्रकोपमा परेर ८५ जना बेपत्ता भएका छन् । यस्तै ३ सय ९७ जना घाइते  समेत भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । 

    यो क्रम आजसम्म जारी रहेको प्राधिकरणले जनाएको छ । पछिल्लो २४ घण्टामा मात्र बाढी पहिरोलगायत प्राकृतिक विपदमा परेर चार जनाको ज्यान गएको छ । 

    गएकाे २४ घण्टामा विभिन्न जिल्लामा ६ वटा प्राकृतिक विपदका घटना भएका छन् । पहिरोमा एक महिला र दुई पुरुष तथा चट्याङमा एक पुरुषको ज्यान गएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । 

    गएको १८ गते बाग्लुङको ढोरपाटन नगरपालिका ९ काे भुसुण्डे, दुनेपोखरा र लाकुरीबोटमा गएको पहिरोमा ९३ वटा घर बगाउँदा हराइरहेका तीन जनाको शव भेटिएको छ । यो पहिरोमा २१ जनाको ज्यान गएको छ । १९ जना अझै सम्पर्कविहीन छन् । यस्तै चार जना घाइते छन् । 

    बाग्लुङकाे ताराखोला गाउँपालिका ३ काे सिलमारेमा घरमा परेको चट्याङ लाग्दा एक पुरुषको ज्यान गएको हो । गएको वैशाख १ गतेयता पहिरोमा परेर दुई सय ५०, बाढीमा ३९,  चट्याङका कारण ५७ जना गरी तीन सय ४६ जनाको ज्यान गएको छ । 

    disaster_bulletin_orenhzt16s.jpg

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार