Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुनकोशीमा खसेको सरकारी गाडी पाँच दिनपछि भेटियो


    मंगलबार, जेष्ठ २३ २०८०
    2.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटीका अधिकारीहरुसहित सुनकोशी नदीमा खसेको गाडी पाँचौं दिनपछि भेटिएको छ । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट खटिएको इन्सपेक्टर सुवास थापाको कमान्डमा रहेको गोताखोरसहितको टोलीले आज सुनकोशीको पानी भित्र गाडी फेला परेको हो ।

    गाडीसँगै दुई वटा शव भेटिएको प्रहरीले बताएको छ । घटनास्थलमा खटिएको नेपाल प्रहरीका अनुसार शवको सनाखत हुन सकेको छैन ।

    सीटीईभीटीका दुई निर्देशक र अधिकृत चढेको बा १ झ ७४६७ नम्बरको जीप शुक्रबार दिउँसो मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्डअन्तर्गत गोलन्जोर गाउँपालिका–७ को लौकुनबाट सुनकोशी नदीमा खसेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार