Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेप्सेको व्यवस्थापन प्रणालीमा आयो समस्या, भयो कारोबार बन्द


    बिहिबार, भाद्र २५ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल स्टक एक्सचेन्जको कारोबार व्यवस्थापन प्रणालीमा समस्या आएको छ । प्रणालीमै समस्या देखिएकाले कारोबार नै रोक्का गरिएको बताइएको छ । आन्तरिक प्रणालीमा समस्या आएको नेप्सेले जनाएको छ। 

    दुई साताअघि पनि नेप्सेको प्रणालीमा समस्या आउँदा तीन घण्टा कारोबार बन्द भएको थियो। कारोबार समयमा रोकिँदा तीन बजेदेखि ५ बजेदेखि पुनः कारोबार सुरु भएको थियो। आज पनि समस्या समाधान नभएसम्म कारोबार नहुने नेप्सेले जनाएको छ।

    नेप्सेले अहिलेको समस्या समाधानका लागि काम भैरहेको र यो ठीक हुनेबित्तिकै कारोबार सुरु हुने जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार