Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • जोरबिजोर नियम अवज्ञा गर्ने ४२६ गाडी कारबाहीमा


    बिहिबार, भाद्र २५ २०७७
    710
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । निषेधाज्ञा खुकुलो भएपनि जोरबिजोर नियम अवज्ञा गर्ने गाडीहरु कारबाहीमा परेका छन् । ट्राफिक प्रहरीले नियम अवज्ञा गर्ने ४ सय २६ गाडीलाई कारबाही गरेको जनाएको छ । 

    आझ नेपाली क्यालेण्डर अनुसार २५ गते भएकाले बिजोर नम्बरका गाडी मात्र चलाउन पाइने हो । तर जोर नम्बरका गाडी पनि चलाइएका ती गाडीलाई नियन्त्रणमा लिइएको ट्राफिक प्रहरी महाशाखाका एसएसपी भीमप्रसाद ढकालले बताए।

    जोर बिजोर प्रणाली विपरित चलाएकाले सवारी साधन नियन्त्रणमा लिएको एसएसपी ढकालको भनाई छ। यसरी नियन्त्रणमा लिएका सवारी साधनलाई होल्डमा राखिएको छ। पहिलो दिन सम्झाईबुझाई छाडिने र शुक्रबारदेखि कारबाही गरिने उनले बताए। निषेधाज्ञा खुकुलो भएसँगै काठमाडौं उपत्यकामा चलहपहल बढेको छ। सडकमा सवारी साधानको चाप पनि बढेको छ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार