Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • सिराहामा ५९ कैदीबन्दीमा कोरोना संक्रमण


    बिहिबार, भाद्र २५ २०७७
    745
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सिराहा । सिराहा कारागारमा रहेका ५९ जना कैदीबन्दीमा कोरोना भाइरसको संक्रमण देखिएको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार बुधबार आएको रिपोर्टमा सिराहामा ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

    जसमध्ये ५९ जना सिराहा कारागारका कैदीबन्दी रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णदेव यादवले बताए। त्यस्तै ६७ मध्ये बाँकी सात जना सैनिक र एक जना सर्वसाधारण छन्। उनी मिर्चैया नगरपालिकाका बासिन्दा छन्। पछिल्लो केही समययता कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको छ।

    त्यहि क्रममा उनीहरुमा कोरोना संक्रमण देखिएको हो। योसँगै सिराहामा कोरोना संक्रमितको संख्या ६ सय २० पुगेको छ। जसमध्ये तीन सय ५५ जना निको भएका छन्। अहिलेसम्म कोरोनाबाट १० जनाको ज्यान गएको छ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार