काठमाडौं । काठमाडौं उपत्यकाभित्र जारी भएको निषेधाज्ञा खुकुलो बनाइएको छ।
तीन वटै जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीहरु मंगलवार विभिन्न सरोकारवालाहरूसँग छलफल तथा परामर्शपछि बुधवार निषेधाज्ञालाई खुकुलो बनाउने निर्णयमा पुगेका हुन्।
तीन सातासम्म निषेध गरिएको निजी तथा सार्वजनिक सवारी साधनलाई सञ्चानलमा ल्याउने भएको छ। जोरबिजोर प्रणाली अनुसार सवारी साधन सञ्चालनमा ल्याउन लागिएको हो। त्यस्तै, व्यापार व्यवसाय पनि मापदण्ड पूरा गरेर सञ्चालनमा ल्याउन दिइने भएको छ।
पछिल्लो समय थप भएको निषेधाज्ञा बुधवार राति १२ बजेबाट सकिँदैछ।