Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कञ्चनपुरमा सामूहिक बलात्कार प्रकरणमा प्रहरी जवान पक्राउ


    बुधबार, भाद्र २४ २०७७
    935
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । कञ्चनपुरको इलाका प्रहरी कार्यालय बेल्डाँडीमा कार्यरत प्रहरी जवानलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी अमरबहादुर थापाका अनुसार बलात्कार घटनामा लापरवाही गरेको भन्दै प्रहरी जवान रोहित रोकाया पक्राउ परेका हुन् ।

    पक्राउ परेका प्रहरी रोकायालाई थप कारवाहीका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याउने काम भइरहेको छ । यही भदौ १४ गतेदेखि बेपत्ता १६ वर्षीया किशोरी पाँच दिनपछि फेला परेको प्रहरीले जनाएको छ । ‘किशोरीलाई यही भदौ १९ गते फेला पारेर सोधपुछ गर्दा केही नबताएपछि उनलाई आफन्तको जिम्मा लगाइएको थियो’, प्रवक्ता थापाले भने, ‘पछि जबर्जस्तीकरणमा मुद्दा ल्याएपछि सोहीअनुसार अनुसन्धान अघि बढेको छ ।’

    उनका अनुसार किशोरीले आफूलाई पाँच/छ जनाको युवा समूहले बन्धक बनाएर बलात्कार गरेको बताएकी छन् । किशोरीको उजुरीका आधारमा बेल्डाँडीका २८ वर्षीय मनमोहनसिंह साउद पक्राउ परेको र अन्यको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार