काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण नेपालमा थप ६ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय १२ पुगेको छ ।
देशभर सक्रिय कोरोना भाइरस संक्रमितको संख्या १५ हजार २५ छ । पछिल्लो २४ घण्टामा एक हजार ८१ कोरोना संक्रमित थपिएका छन् ।