काठमाडौं । कोरोना भाइरस संक्रमणको कारण अहिलेसम्म साउदी अरबमा ५२ जना नेपालीको मृत्यु भैसकेको छ । अहिलेसम्म त्यहाँ करिब २४ सय नेपाली संक्रमित भएको बताइएको छ ।
कोरोना महामारी सुरु भएपछि अहिलेसम्म साउदीमा कार्यरत ५२ जना नेपालीको ज्यान गएको साउदीका लागि नेपाली राजदूत प्रा.डा महेन्द्रप्रसाद सिंह राजपुतले बताए ।
साउदीमा अहिलेसम्म ३ लाख २२ हजार २ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भैसकेको छ भने ४ हजार १ सय ३७ जनाको ज्यान गैसकेको छ ।
साउदीमा झण्डै तीन लाख ५० हजार नेपाली श्रमिक कार्यरत छन् ।