Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुरसहित तीन जनाको बयान सकियो


    बिहिबार, जेष्ठ १८ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका नेता टोपबहादुर रायमाझीसहित तीन जनाको बयान सकिएको छ । काठमाडौं जिल्ला अदालतमा उनीहरुले आज बयान दिएका हुन् ।

    जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा टोपबहादुर रायमाझी, आङटावा शेर्पा र समशेर मियाँले आज बयान दिएका हुन् ।

    यो प्रकरणमा पक्राउ परेकामध्ये अब तीन जनाले बयान दिन बाँकी छ । पूर्वगृहमन्त्री बालकृष्ण खाण, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र बिहीबार काठमाडौं जिल्ला अदालतमा हाजिर भएका हरिभक्त महर्जनले बयान दिन बाँकी छ । उनीहरुको बयान भोलि लिइने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार