Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्रीलाई भेट्न अस्पतालमा पुगे पूर्वप्रधानमन्त्री 


    शुक्रबार, चैत्र १४ २०७६
    1.2K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । लकडाउनको समयमा नेकपा वरिष्ठ नेता पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न  अस्पताल पुगेका छन्।

     बिहीबार राातिनै स्वास्थ्यमा समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएका प्रधानमन्त्रीलाई स्वास्थ्यलाभको कामना गर्न नेपाल अस्पताल गएका हुन् ।

    नेकपा केन्द्रीय सदस्य तथा विदेश विभाग उपप्रमुख विष्णु रिजालले प्रधानमन्त्री ओली र नेता नेपालबीच अस्पतालमै अन्य समसामायिक विषयमा करीव ४० मिनेट कुराकानी भएको  जानकारी दिए ।

    प्रधानमन्त्री शुक्रबार साँझ निवास फर्किने प्रमुख सल्लाहकार विष्णु रिमालले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार