Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सहकर्मीलाई यौन शोषण गरेको आरोपमा लेखाअधिकृत पक्राउ


    मंगलबार, भाद्र २३ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पोखरा । अस्पतालका दुई महिला सहकर्मीलाई यौन शोषण गरेको आरोपमा लेखाअधिकृत पक्राउ परेका छन्। ती महिलालाइ धम्क्याएर बारम्बार यौन शोषण गरेको आरोपमा पोखराको हिमालय आँखा अस्पतालका लेखा अधिकृत वामदेव सुवेदी पक्राउ परेका हुन्।

    सहकर्मीलाई धम्क्याएर बारम्बार यौन शोषण गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुभास हमालले बताए । अधिकृत सुवेदीलाई करणीसम्बन्धी कसुरमा मुद्दा परेपछि गिरफ्तार गरिएको प्रवक्ता हमालले बताए ।

    ती पीडित कर्मचारीको उजुरी परेसँगै सुवेदीलाई अस्पताल प्रशासनले भादौ १ं९ गते निलम्बन गरेको थियो ।अस्पतालमा उजुरी दिएकी महिलाले मंगलबार जिल्ला प्रहरी कार्यालयमा पनि उजुरी दिएकी थिइन् । ती पीडितसँगै अन्य एक महिलाले पनि उनीविरुद्ध उजुरी दिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता हमालले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार