Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नामार्जुङमादीको १२ मेगावाट पनि जोडियो केन्द्रीय प्रशारणमा


    मंगलबार, भाद्र २३ २०७७
    730
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • पोखरा । नामार्जुङ मादी जलविद्युत आयोजनाबाट उत्पादित १२ मेगावाट विद्युत केन्द्रीय प्रसारण लाइनमा जोडिएको छ । कास्कीको मादी गाउँपालिका–२ सेतीखोलामा उत्पादित विद्युत लेखनाथस्थित सब–स्टेसनमा जडान सफल भएको हो ।

    उत्पादित बिजुली साढे ४ किलोमिटर तल अपरमादी जलविद्युत आयोजनाको स्विचार्डमा जोडेर त्यसभन्दा तल झन्डै २० किमी टाढाको लेखनाथ सब–स्टेसनमार्फत १३२ केभिए प्रसारण (केन्द्रीय) लाइनमा जोडिएको हो । यसअघि शनिबार लेखनाथ सब–स्टेसनबाट आयोजनाको पावर हाउसमा विद्युत पठाइएको थियो । सोमबार बिहान साढे ११ बजेदेखि परीक्षण उत्पादन थालेको आयोजनाले अहिले विद्युत प्राधिकरणको गाइडलाइन अनुसार उत्पादन लगायत अन्य टेस्टिङको काम गरिरहेको छ । १५ दिनपछि आयोजनाले व्यवसायिक उत्पादन थाल्नेछ ।

    आयोजना गत चैतमै निर्माण सम्पन्न भएको थियो । तर लकडाउनका कारण चिनियाँ प्राविधिक र भारतीय इन्जिनियर नेपाल आउन नपाउँदा विद्युत उत्पादन गर्न भने पाएको थिएन । हालैमात्र चिनियाँ प्राविधिकले चीनबाटै नेपालमा रहेका केही चिनियाँ इन्जिनियरमार्फत रिमोट्ली कोडिङ एन्ड कनेक्सन गरिदिएपछि विद्युत उत्पादन थालिएको आयोजनाका कार्यवाहक अध्यक्ष अभिषेक केसीले बताए । 

    भारतीय मेकामिडी कम्पनीका इन्जिनियरले बाँकी रहेको इलेक्ट्रोमेकानिकल काम सम्पन्न गरिदिएपछि आयोजनाले पूर्णता पाएको हो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार