Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सांसद दाहालको प्रश्न- पशुपतिको जलहरी सुनको कि पित्तलको ?


    शुक्रबार, जेष्ठ १२ २०८०
    995
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। पशुपतिको गजुरमा रहेको जलहरी सुनको हो कि पित्तलको भनी संसदमा आज प्रश्न उठेको छ ।

    जेठ १० गते प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा अनेकन भ्रष्टाचार भएको आरोप लगाएका थिए।

    त्यसक्रममा उनले भनेका थिए, ‘उहाँ (केपी शर्मा ओली) सरकारमा बस्दा कति भ्रष्टाचारका काण्डहरु आए ? यति, ओम्नी, वाइडबडी, स्वास्थ्य सामाग्रीको दुई अर्बको भ्रष्टाचार। त्यति मात्रै होइन, पशुपति नाथको जलहरी लाउँदा पनि सुन लाउने भनेर पित्तल लाइदिएर गरेका भ्रष्टाचारहरु यस्ता सयौं, हजारौं भ्रष्टाचारका काण्डहरु छन् ।’

    सत्तारुढ दलको सांसदले पशुपतिमा सुनको भनेर पित्तलको जलहरी लगाएको भनी प्रमुख प्रतिपक्षी नेकपा एमालेले शुक्रबार प्रतिनिधिसभाको बैठक प्रश्न उठाएको हो ।

    यस विषयमा सत्यता नछुटाइ संसद चल्न नदिने एमालेको अडनका कारण शुक्रबारको प्रतिनिधिसभा बैठक नै प्रभावित भएको छ । एमालेको अवरोधपछि सभामुख देवराज घिमिरेले बैठक नै स्थगित गरिदिए ।

    शुक्रबारको प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै एमालेका प्रमुख सचेतक पदम गिरीले प्रतिपक्षी दलको नेतामाथि सत्तारुढ दलको नेताले लगाएको आरोपबारे प्रष्ट नभएसम्म बैठक चल्न नदिने बताए ।

    सभामुख देवराज घिमिरेले संसदमा प्रश्न उठिसकेका कारण विधि अनुसार प्रष्ट पार्न सकिने भनै संसदको कामकारबाही अगाडि बढाउनका लागि सहयोगका लागि आग्रह गरे । तर, एमालेले मानेन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार