काठमाडौँ। सामाजिक अभियान्ताको रुपमा चर्चामा आएकी पोखराकी पोखराकी गिभिना मगरले बिपी कोइराला क्यान्सर अस्पतालमा ड्युटीमा रहेका नर्सहरूसँगको विवादको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेपछि विवादमा तानिएकी गिभिनाले माफी मागेकी छिन्।
गिभिनाले नजानेर गल्ती गर्दा नर्सहरूको आत्मसम्मानमा चोट पुगेको भन्दै सार्वजनिक रूपमा माफी मागेकी हुन्। उनले आफ्नो उद्देश्य नर्स पेसा गरिरहेकाहरूमा चोट पुर्याउने नरहेको र औषधि समयमा नदिइँदा भएको विवादलाई सामाजिक सञ्जालमा राख्नु भूल भएको बताएकी छिन्।
सामाजिक सञ्जलमा नर्स र स्वास्थ्यकर्मीहरूलाई नकारात्मक टिप्पणी नगरिदिनसमेत उनले आफ्ना समर्थकलाई अनुरोध गरेकी छिन्। गिभिना मगरले गत वैशाख २८ गते बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा प्रशासनको अनुमति नलिई नर्स र बिरामीको कुरुवाबीचको संवादको विषय टिकटकमार्फत सार्वजनिक गरेकी थिइन्।
अस्पतालमा उपचाररत १६ वर्षीया बालिकालाई दिउँसो २ बजे दिनुपर्ने औषधि ४ बजे दिइएको भन्दै विवाद भएपछि उनले वार्डमा रहेका नर्सहरूसँगको भिडियो खिचेर टिकटकमा पोस्ट गरेकी थिइन्।
२४ घन्टामा दिने इन्जेक्सन दिउँसो २ बजे लगाउनुपर्नेमा नर्सले ढिला गरेको भन्दै गिभिनासँग विवाद सुरु भएको थियो।
गिभिनाले ती बालिकाको उपचारका लागि आर्थिक सहयोग जुटाउँदै आएकी छिन्। ती बालिका पछिल्लो एक वर्षदेखि भरतपुर क्यान्सर अस्पतालमा उपचार गराइरहेकी थिइन्। बुबाको सानै उमेरमा मृत्यु भएको र आमाले अर्को विवाह गरिसकेकाले उनले उपचारका लागि आर्थिक समस्या खेप्दै आएको र अस्पतालमा कार्यरत नर्सहरूले समेत सहयोग गरिरहेका छन्।
उपचार खर्च व्यहोर्न नसकेको भन्दै परिवारका सदस्यहरूले उनलाई अस्पतालबाट घर लगेपछि गिभिनाले आर्थिक सहयोग जुटाएर पुनः अस्पताल भर्ना गरेकी थिइन्।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend