Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • गगन थापाले भने- नीति तथा कार्यक्रममा सबै छ तर राम्रोसँग हेर्‍यो भने केही छैन


    बुधबार, जेष्ठ १० २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन कुमार थापाले प्रस्तावित नीति तथा कार्यक्रममा केही नभएको बताएका छन्। आज संसदमा नीति तथा कार्यक्रममाथि छलफल गर्दै थापाले नीति तथा कार्यक्रमको लक्ष्य र उद्देश्य प्रष्ट नभएको दाबी गरेका हुन्।

    थापाले भने,‘पढ्दै गयो भने नीति तथा कार्यक्रममा सबै छ। इच्छा छ, समीक्षा छ, कार्यक्रम छ योजना, तर राम्रोसँग हेर्‍यो भने केही छैन। किनभने यो के का लागि ल्याइएको हो भन्ने कुरामा हामी सघन छलफल गरेनौं।’

    उनले नीति तथा कार्यक्रममा संसदमा जति छलफल गरेपनि बजेटमा समावेश नहुने प्रष्ट पारे। थापाले प्रधानमन्त्रीको भिजन अनुसार नीति तथा कार्यक्रम बन्ने नगरेको बताए। उनले तालिका बनाएर अगाडि बढ्नुपर्ने धारणा राखे ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार