काठमाडौँ। अर्थमन्त्री डा. प्रकाशशरण महतले आफू व्यक्ति र पार्टीभन्दा माथि उठेर काम गरिरहेको दाबी गरेका छन्।
उद्योग व्यवसाय र समग्र अर्थतन्त्रको लागि काम गरिरहेको भन्दै उनले एउटा व्यक्ति र व्यवसायको फाइदाका लागि आफूबाट कुनै काम नहुने प्रष्ट पारे।
शनिबार सिंहदरबारमा अर्थ समितिको बैठकमा सांसदहरुसँग अर्थतन्त्रका वर्तमान सूचकहरूका बारेमा छलफल गर्दै उनले यस्तो बताएका हुन्।
‘मेरो क्षमता, योग्यताले ल्याएसम्म, मेरो ज्ञान र अनुभवले भ्याएसम्म– यो सिस्टममा देखिएको समस्या एकैपटक समाप्त हुँदैन, डा. महतले भने, ‘तर, त्यसलाई एउटा ढुंगा पन्छाउँदै, अर्को ढुंगा पन्छाउँदै स्पष्ट मार्गचित्र कोर्ने हो। इमान्दार र समर्पणका साथ काम गर्दै जाने हो। तपाईंहरुको सहयोग चाहिन्छ, शंका गर्नुस्, प्रश्न उठाउनुस्। तर, यसले गम्भीरताका साथ प्रयास गरेको छ भन्ने कुरा एउटा कुनामा स्पेस राख्न अनुरोध गर्दछु।’
विदेशमा उन्नति देखेका युवालाई जबर्जस्ती रोक्न नसकिने आशय व्यक्त गर्दै उनले स्वदेशमै उनीहरुका लागि अवसर सिर्जना गर्ने कुरा आफ्नो प्राथमिकतामा रहेको बताए। आगामी बजेटमा नेपाली उद्योग व्यवसायीलाई नै प्रमोट गर्ने विषयलाई प्राथमिकता दिने अर्थमन्त्रीको भनाइ छ।
काठमाडौं । अब नेपाली नागरिकले नागरिकताको प्रतिलिपि लिन गृह जिल्ला धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ। अब काठमाडौँ उपत्यका लगायत जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको...
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। रुपन्देही प्रहरीले ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। ‘सार्वजनिक शान्तिमा...
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनको सभाकक्षमा सोमबार सहकारी पीडितहरूले आफ्ना पीडा सुनाइरहेका थिए । यसका लागि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend