Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अर्थमन्त्री महतको दाबी- व्यक्ति र पार्टीभन्दामाथि उठेर काम गरिरहेको छु


    शनिबार, जेष्ठ ६ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। अर्थमन्त्री डा. प्रकाशशरण महतले आफू व्यक्ति र पार्टीभन्दा माथि उठेर काम गरिरहेको दाबी गरेका छन्।

    उद्योग व्यवसाय र समग्र अर्थतन्त्रको लागि काम गरिरहेको भन्दै उनले एउटा व्यक्ति र व्यवसायको फाइदाका लागि आफूबाट कुनै काम नहुने प्रष्ट पारे।

    शनिबार सिंहदरबारमा अर्थ समितिको बैठकमा सांसदहरुसँग अर्थतन्त्रका वर्तमान सूचकहरूका बारेमा छलफल गर्दै उनले यस्तो बताएका हुन्।

    ‘मेरो क्षमता, योग्यताले ल्याएसम्म, मेरो ज्ञान र अनुभवले भ्याएसम्म– यो सिस्टममा देखिएको समस्या एकैपटक समाप्त हुँदैन, डा. महतले भने, ‘तर, त्यसलाई एउटा ढुंगा पन्छाउँदै, अर्को ढुंगा पन्छाउँदै स्पष्ट मार्गचित्र कोर्ने हो। इमान्दार र समर्पणका साथ काम गर्दै जाने हो। तपाईंहरुको सहयोग चाहिन्छ, शंका गर्नुस्, प्रश्न उठाउनुस्। तर, यसले गम्भीरताका साथ प्रयास गरेको छ भन्ने कुरा एउटा कुनामा स्पेस राख्न अनुरोध गर्दछु।’

    विदेशमा उन्नति देखेका युवालाई जबर्जस्ती रोक्न नसकिने आशय व्यक्त गर्दै उनले स्वदेशमै उनीहरुका लागि अवसर सिर्जना गर्ने कुरा आफ्नो प्राथमिकतामा रहेको बताए। आगामी बजेटमा नेपाली उद्योग व्यवसायीलाई नै प्रमोट गर्ने विषयलाई प्राथमिकता दिने अर्थमन्त्रीको भनाइ छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार