Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • संसदमा अर्थमन्त्रीको जवाफ: इमानदार भएर काम गर्दा प्रश्नमाथि प्रश्न उठ्दो रहेछ


    मंगलबार, जेष्ठ २३ २०८०
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडाैं। अर्थमन्त्री डा. प्रकाशशरण महतले इमानदार भएर काम गर्दा पनि आफूमाथि प्रश्न उठाइएको भन्दै गुनासो गरेका छन् ।

    आजको प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले इमानदार, पारदर्शी र प्रभावबाट मुक्त भएर बजेट बनाएको बताउँदै आफूमाथि प्रश्न उठाइएको बताएका हुन्।

    ‘इमानदार भएर काम गर्न कठिन हुँदो रहेछ । इमानदार भएर काम गर्दा प्रश्नमाथि प्रश्न उठ्दो रहेछ,’ उनले भने, ‘यति पारदर्शी ढंगबाट, कुनै पनि प्रभावबाट मुक्त भएर काम गरेको छु । अर्थमन्त्री हुँदै इमानदार काम गर्छु भनेर मन्त्रालयमा पसेको हुँ । बजेट बनाउँदा पनि पालना गरेको छु ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार