Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपालमा भविष्य छैन भन्ने नकारात्मक प्रचारकाे अन्त्य भएको अर्थमन्त्री महतको दाबी


    मंगलबार, पुष १० २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सुधारोन्मुख भएको टिप्पणी गरेका छन्।

    मंगलबार भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले अर्थतन्त्रका सूचक सकारात्मक देखिएकाे बताएका हुन्।

    अर्थमन्त्रीले महतले भने, ‘नेपालमा भविष्य छैन, यहाँ लगानी गर्नु हुँदैन भन्ने नकारात्मक प्रचार अन्त्य भएको छ, अब लगानीको वातावरण बनेको छ।’

    उनले देशमा क‍ेही गर्न हुँदैन भन्ने प्रचार भएकाे बताए। ‘यहाँ अब केही गर्न हुँदैन भन्ने प्रचार भयो, तर वास्तवमा त्यस्तो होइन, तथ्यांकले देखाएको छ’, उनले भने।

    लगानीको वातावरण बिथोल्न खोजिएको भए पनि यसलाई चिरेर सहज अवस्थामा अर्थतन्त्र आएको उनले बताए।

    अर्थमन्त्री महतले भने, ‘लगानी गर्नेहरूको आत्मविश्वास बढेको छ, नियोजित प्रचार गर्नेको नियत सबैले बुझेका छन्, लगानी गर्दा पहिचान गरेर लगानी गरौं भन्ने सन्देशका साथ अघि बढे भविष्य सुन्दर छ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार