एजेन्सी। बलिउडकी सबैभन्दा महँगो र चर्चित अभिनेत्री करिना कपुर खानले बलिउडमा एकभन्दा बढी हिट फिल्म दिएकी छिन् । अहिले अवस्था के छ भने हरेक फिल्म निर्माता करिनासँग काम गर्न चाहन्छन् । सन् २००० मा बलिउडमा प्रवेश गरेकी करिना एक पटक निकै मुखर थिइन् र आफ्नो रिस पोख्न बेर लगाउँदैन थिन् । तर अब करिना कपुर खानको स्वभावमा निकै परिवर्तन आएको छ । सञ्जय लिला भन्सालीसँगको झगडा होस्, दिदी करिश्माको फिल्मसँग मिल्दोजुल्दो फिल्मसँग दुरी होस्, सलमान खानको अभिनयमा रुचि नहुनु होस् वा ऋतिक रोशनको ब्लकबस्टर फिल्मबाट बाहिरिनुको खुसी नै किन नहोस् ।
करिना कपुर खानले सन् २००० मा फिल्म फेयरलाई एउटा अन्तरवार्ता दिइन् । त्यति बेला उनले यसबारे खुलेर कुराकानी गरिन् । करिना आफ्नो डेब्यु फिल्ममा अभिषेक बच्चनसँग देखिएकी थिइन् तर सन् २००० को सुरुवातमा उनी फिल्म ‘कहो ना.. प्यार हे’ मा देखिने तयारीमा थिइन् । तर फिल्म पुरा हुनुभन्दा अघि नै उनले फिल्म खेल्न अस्वीकार गरिन् ।
फिल्मका लागि नायिकाकी आमाले अस्वीकार गरिन्
फिल्म ‘रिफ्युजी’ अघि करिना कपुर ऋतिक रोशनसँग ‘कहो ना.. प्यार हे’ मा अभिनय गर्दै थिइन् । तर केही बेरमा नै उनकी आमा बबिताले उनलाई यो फिल्ममा अभिनय नगर्न सुझाव दिइन् । त्यसपछि करिनाको ठाउँमा अमिषा पटेललाई फिल्ममा अभिनय गराइयो । करिनाले फिल्म फेयरसँगको कुराकानीमा यो फिल्ममा अभिनय नगर्नुको कारणबारे खुलेर बताइन् ।
काठमाडौं । नेपाली चलचित्र क्षेत्रको प्रतिष्ठित १७ औँ डि सिने अवार्ड समारोहमा पत्रकार नुमाकान्त पौडेल सम्मानित भएका छन् । छायाँछवि क्रियशनको आयोजनामा काठमाडौंमा रहेको...
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले चलचित्र लालीबजार रोक्नुपर्ने बताएका छन् । अध्यक्ष साम्पाङले सामाजिक संजालमै लालीबजार रोक्नुपर्ने बताएका छन् । उनले लेखेका...
काठमाडौं । गएको भदौ २४ गतेको जेनजी प्रदर्शनमा नख्खुजेलमा आगजनी गरी कैदमुक्त भएका रास्वपा सभापति रवि लामिछानेलाई सनरुफवाला बीआईडी गाडीमा राखी आफैंले हाँकेको अन्तर्वार्ता...
काठमाडौँ। गायक रामकृष्ण ढकालले साइबर ब्युरोमा उजुरी दिएका छन्। गायक ढकालले आफ्नो चरित्र हत्या गरेको भन्दै शुक्रबार उजुरी दिएको साइबर ब्युरोका प्रमुख डीआईजी नविन्द अर्यालले...
मुम्बई । भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ । केही महिनादेखि अस्वस्थ रहेकी उनलाई शनिबार मुटु र श्वासप्रश्वाससम्बन्धी समस्या...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend