Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • नेपाल एयरलाइन्सले जेठ २९ देखि भैरहवाबाट मलेसिया नियमित उडान गर्ने


    बिहिबार, जेष्ठ ४ २०८०
    2.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले जेठ २९ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेसियामा नियमित उडान सुरु गर्ने भएको छ। एयरलाइन्सका प्रवक्ता रमेश पौडेलले आज विज्ञप्ति जारी गर्दै सो जानकारी दिएका हुन् ।

    उडान तालिकाअनुसार काठमाडौं–क्वालालम्पुर–भैरहवा–काठमाडौं सेक्टरमा उडान गर्ने गरी टिकट बुकिङ्ग खुला गरिएको प्रवक्ता पौडेलले बताएका छन् । निगमले मलेसियाबाट प्रवर्द्धनात्मक भाडादर १२ हजार सात सय रुपैयाँ कायम गरेक छ ।

    एयरलाइन्सले भैरहवाबाट हाल हप्ताको एक उडानबाट सुरु गर्ने जनाएको छ । पछि बजारको माग तथा निगमको बजार व्यवस्थापन अनुसार अन्य गन्तव्यमा समेत उडान अनुमति लिई उडानको संख्या बढाउँदै लैजाने योजना रहेको निगमको विज्ञप्तिमा उल्लेख छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार