Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • घोराही-तुलसीपुरको चार लेन सडकको ठेक्का खारेज


    सोमबार, जेष्ठ १ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले दाङको घोराही–तुलसीपुरको चार लेन सडकको ठेक्का खारेज गरेको छ । भारतीय निर्माण कम्पनीले चार वर्षदेखि अलपत्र पारेको घोराही–तुलसीपुर सडक ठेक्का रद्द गरेर नयाँ प्रक्रिया अघि बढाएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएकी छन् ।

    आज दाङको एक कार्यक्रममा उनले भनिन्, ‘चार लेन सडक निर्माणको सम्झौता भर्खरै खारेज भएको छ । केहीदिनभित्रै सूचना पनि आउँला ।’

    उनले ठेक्का तोडिएपछि अब सरकारले सडक मर्मत र निर्माण गर्ने बाटो खुलेको पनि बताइन् । नयाँ ठेक्का लगाउने काम छिट्टै सुरु गर्ने पनि मन्त्री शर्माको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार