Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • तेस्रो कोरोना संक्रमितसहित १७० नेपाल आएको पुष्टि


    बिहिबार, चैत्र १३ २०७६
    645
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं, १३ चैत। नेपालको तेस्रो कोरोना भाइरस कोभिड १९ को संक्रमित व्यक्ति एयर अरेबियाको विमानमा नेपाल आएको पुष्टि भएको छ । संयुक्त अरब इमिरेट्स (युएई)बाट काठमाडौं आएको उक्त एयरमा उनीसहित १७० यात्रु रहेको पाइएको छ ।

    एयर अरेबियाको उडान नम्बर जी-९५३७ विमानमा आएका धादिङका ३२ वर्षका पुरुष चैत ६ गते नेपाल आएका थिए ।   उनीसँगै विमानमा आएका तथा काठमाडौंका होटलमा बसेकाहरुको पहिचान गर्न थालिएको छ ।

    स्रोतकाअनुसार एयर अरेबियाको उडान नम्बर जी-९५३७ मा उनीसहित १७० जना यात्रु थिए ।

    अध्यागमन विभागले उनीहरुको सूची तयार पारेर प्रहरीलाई पठाएको छ । अब प्रहरीले उनीहरुसँग सम्पर्क स्थापित गरेर होम क्वारेन्टाइनमा बस्न र परीक्षण गराउन भन्ने छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार