Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सांसद पदमा बहाली माग गर्दै ढाकाकुमारले दिए सर्वोच्चमा रिट


    आइतबार, बैशाख २४ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । रवि लामिछाने नेतृत्त्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कारबाही गरेका ढाकाकुमार श्रेष्ठले सांसद पद पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । उनले आज आइतबार रिट दायर गरेका हुन् ।

    उक्त रिटको प्रारम्भिक सुनुवाइका लागि सोमबार (भोलि)लाई पेसी तोकिएको छ ।

    मन्त्री बन्नका लागि मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग घुस लेनदेनको अडियो सार्वजनिक भएपछि श्रेष्ठलाई रास्वपाले कारबाही गरेको थियो ।

    उक्त कारबाहीका आधारमा सभामुख देवराज घिमिरेले उनको सांसद पद खारेज गरेका थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार