Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राजेन्द्र लिङ्देन भन्छन्- भ्रष्टाचारको डंगुरमाथि बसेर शुद्धताको मन्त्र उच्चारण गर्‍यो भने पत्याइँदैन


    आइतबार, बैशाख २४ २०८०
    1.2K
    Shares
    Wedding Diary Nepal - Shahnawaz - all rights Reserved
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भ्रष्टाचारका ठूला फाइल खोल्न आग्रह गरेका छन्।

    आज आइतबार भएको पार्टीनिकट महिला संगठनको महाधिवेशन उद्घाटन गर्दै लिङ्देनले वाइडबडी, लडाकु शिविरलगायतको फाइल पनि खोल्न आग्रह गरेका हुन्।लामो समयदेखि नक्कली शरणार्थी बनाएर विदेश पठाउने व्यापारमा लागेका रहेछन्।

    अहिले केही मानिसहरू पक्राउमा परेका छन्। एकपछि अर्को उच्च पदस्थ मानिसहरूको नाम आइरहेका छन्। म यहीँबाट सरकारलाई भन्न चाहन्छु- यो छानबिनको क्रम जसरी अगाडि बढेको छ। विगतका वाइड बडि काण्ड, ललिता निवास, एनसेल काण्डजस्तै यो काण्ड सेलाएर जान हुँदैन। यो देखाउनका लागि मात्रै हुनु हुँदैन,’ लिङ्देनले भने।

    यदि प्रधानमन्त्री पुष्पकमल दाहालले सुनियतका साथ सुविचारका साथ यो कदम अगाडि बढाएको र यसमा कुनै राजनीतिक स्वार्थ छैन भने राप्रपा यसमा समर्थन गर्दछ,’ उनले भने, ‘उहाँले वाइडबडि लगायतको फाइल खोल्नुपर्छ। प्रचण्ड कति वर्ष सरकारमा बस्ने हो राप्रपा समर्थन गर्न तयार छ।’

    माओवादी लडाकु शिविरको घोटला काण्डबारे पनि फाइल खोल्न उनले आग्रह गरे।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार