काठमाडौँ। जनमत पार्टीका अध्यक्ष सिके राउतले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्त्वको सरकारलाई दिएको समर्थन कायमै राखेको बताएका छन्।
अध्यक्ष राउतले आफूहरू संसदमा सत्ता पक्षको कुर्सीमा बस्ने बताए।
‘हामीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन। त्यसैले हामी सत्ता पक्ष नै हो,’ उनले भने,‘सरकारलाई दिएको समर्थन कहिलेसम्म जारी राख्ने भनेर पार्टीले छिट्टै निर्णय गर्छ।’
अहिलेकै अवस्थामा यो सरकारमा सहभागी हुन नसकिनेसमेत उनले बताए।
जनमत पार्टीका तर्फबाट मन्त्री बनेका खानेपानी तथा सरसफाइ मन्त्री अब्दुल खानले चैत १७ गते राजीनामा दिएका थिए। आफूहरूले माग्दै आएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय नपाएको भन्दै जनमत पार्टी सरकारबाट बाहिरिएको हो। उद्योग मन्त्रालय नपाए कृषि पाउनु पर्ने उसको अडान थियो। पुस ११ गते जनमत पार्टीका तर्फबाट वरिष्ठ उपाध्यक्ष खान मन्त्री बनेका थिए।
प्रतिनिधि सभामा जनमत पार्टीका तर्फबाट ६ जना सांसद छन्। सत्ता गठबन्धनमा रहेर पनि उपराष्ट्रपतिको निर्वाचनमा जनमत पार्टीले अलग्गै उम्मेदवारी दिएको थियो। सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका जसपाका रामसहाय प्रसाद यादवविरूद्ध जनमत पार्टीकी ममत झा उम्मेदवार बनेकी थिइन्। त्यो बेलादेखि नै जनमत पार्टीको सत्ता गठबन्धनसँग मनमुटाव सुरू भएको थियो।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको रास्वपाका प्रवक्ता...
काठमाडौं । सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन, २०५२ कार्यान्वयन गर्ने क्रममा काठमाडौं महानगरपालिका वडा नं ४,५,८,९,१०,१२...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहले १५औं महाधिवेशन खुलामञ्चमा गर्ने भएको छ । देउवा समूहले २१–२३ मंसिरका लागि निर्धारण गरेको महाधिवेशन खुलामञ्चमा गर्ने...
काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको भएको छ । सुनुवाइ समितिको सचिवालयका अनुसार प्रस्तावित राजदूत...
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend