काठमाडौँ। पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा दोषीलाई जोगाउने राजनीतिक चलखेलको आशंका गरेका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच यसै विषयलाई लिएर भएका भेटघाटतर्फ इंकित गर्दै उनले यस्तो आशंका गरेका हुन् । सरकार र गृहमन्त्रीलाई दबाब आएको हुनसक्ने अनुमान गरेका अध्यक्ष नेपालले तर कुनैपनि दबाबसामु सरकार झुक्न नहुने बताए ।
आज विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले पूर्वगृहमन्त्री र उच्च राजनीतिक नेतृत्वसमेत जोडिएको यस प्रकरणलाई सरकारले स्वतन्त्र ढंगले छानविन गर्नुपर्ने धारणा पनि राखे । सरकारले नडगमगाइकन कारबाही अघि बढाउनु अध्यक्ष नेपालको विश्वास छ ।
‘निर्दोष पर्न भएन, दोषी उम्कन भएन। बदमासी गर्ने जोसुकै ठूला ओहदाका भएपनि छुट्न भएन’, उनले बताए।
नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै करोडौँ कुम्ल्याउने गिरोहसँग पूर्वगृहमन्त्रीहरु रामबहादुर थापा बादल, बालकृष्ण खाँण र एमाले सचिव टोपबहादुर रायमाझीको राजनीतिक साँठगाँठ रहेको खुलेको छ । तत्कालीन गृहसचिव (हाल उपराष्ट्रपति कार्यालय) टेकनारायण पाण्डे, बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, रायमाझीका छोरा सन्दीप पक्राउ परिसकेका छन् ।
रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपनि प्रहरीले उनलाई समात्न सकेको छैन । यहीबीच एमाले अध्यक्ष ओली सिंहदरबार र बालुवाटारको दौडधुपमा लागेपछि दोषी उम्क्याउने खेल भैरहेको भन्दै चौतर्फी आशंका भैरहेको छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend