Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • महेश बस्नेतले भने- नक्कली शरणार्थी प्रकरण छानबिन गर्न एमालेले सहयोग गर्छ


    आइतबार, बैशाख २४ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • पोखरा। नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले नक्कली शरणार्थी प्रकरण छानविनमा नेकपा एमालेले सहयोग गर्ने दाबी गरेका छन् ।

    आइतबार पोखरामा एक पत्रकार सम्मेलनमा उनले उक्त प्रकरणमा जोडिएका सबैको अनुसन्धान हुनुपर्ने पनि बताए ।

    ‘टोपबहादुर रायमाझीजीको संग्लनताको प्रश्न उठेको छ । त्यसलाई छानविन गर्ने कुरामा नेकपा एमाले जहिले पनि सहज बन्छ, असहज बन्दैन,’ नेकपा एमाले नेता बस्नेतले भने ।

    उनले उक्त प्रकरणलाई राजनीतिक रङ दिएर कसैलाई पनि उन्मुक्ति दिन नहुने भनाइ राखे ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार