Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • सरकारसँग महावीर पुनको ७ बुँदे सहमति


    सोमबार, बैशाख १८ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । विभिन्न माग राखेर आन्दोलन गरिरहेका राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन र सरकारबीच ७ बुँदे सहमति भएको छ । आज उपप्रधान तथा रक्षा एवम् कानूनमन्त्री पूर्णबहादर खड्का र पुनबीच उक्त सहमति भएको हो ।

    उपप्रधानमन्त्री खड्का र पुन हस्ताक्षरित सहमतिमा अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कारसम्बन्धी कार्यहरू एकीकृत रूपमा सञ्चालन गर्न नेपाल सरकारले एउटा कोष स्थापना गर्ने र यस कोषबाट अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कारसम्बन्धी कार्यहरुमा लगानी गर्ने भनिएको छ ।

    कोषको व्यवस्थापन तथा संचालन गर्न सङ्घीय संसदको आउँदो अधिवेशनमा विधेयक पेश गरी पारित गर्ने र सो विधेयकको मस्यौदा सरोकारवालाको परामर्शमा आगामी ६० दिनभित्र तयार गर्ने लगायत सहमति भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार