काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको कार्यशैलीबाट रास्वपामा असन्तुष्टि चुलिएको छ । १ सय ८१ पार्टीका सांसद पार्टीका हुँदाहुँदै स्वतन्त्र सांसद महावीर पुन विवादित पात्र सुधन गुरुङलाई पुनः मन्त्री बनाएपछि पार्टीभित्र असन्तुष्टि चुलिएको छ । पार्टीका सहमहामन्त्री तथा सांसद विपिनकुमार आचार्यले सामाजिक संजालमा भूपि शेरचनको कविता उद्दरण गर्दै असन्तुष्टि पोखेका छन् ।
हामी पाइतला हौँ,
केवल पाइतला,
र फगत पाइतला ।
पाइतला—
जसको भरमा शरीर उभिन्छ ।
पाइतला—
जसको आधारमा शरीर हिँड्छ ।
पाइतला—
जसको भरोसामा शरीर दगुर्छ ।
पाइतला—
तर जो भन्ठान्छ कि
शरीरले कृपा गरेर उसलाई पालिरहेछ,
दया गरेर उसलाई सँगसँगै हिँडाइरहेछ ।
मक्ख पर्छ शरीरको महानतामाथि,
र सधैँ सम्पूर्ण शरीरको भार सहन्छ ।
सधैँ शरीरको सबभन्दा तल रहन्छ,
कहिल्यै शिर उचालेर माथि हेर्दैन,
सधैँ–सधैँ नतमस्तक रहन्छ ।
हामी पाइतला हौँ ।
हामी दौडमा प्रथम हुन्छौँ,
र हाम्रो निधारले टीका थाप्छ ।
हामी दौडमा प्रथम हुन्छौँ,
र हाम्रो घाँटीले माला लाउँछ ।
हामी दौडमा प्रथम हुन्छौँ,
र हाम्रो छातीले तक्मा टाँस्छ ।
हाम्रो टीका थाप्ने निधार अर्कै छ,
हाम्रो माला लाउने घाँटी अर्कै छ,
हाम्रो तक्मा टाँस्ने छाती अर्कै छ ।
हामी त फगत कसैको इशारामा
टेक्ने, हिँड्ने र दगुर्ने पाइतला हौँ—
केवल पाइतला,
र फगत पाइतला ।
नागरिक र नेताको कथा २ भूपि
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend